१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर– प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।  बुधबारको प्रदेशसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित होस् भनी मुख्यमन्त्री शेरधन राईले राखेको प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए। 

प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेस बाहेकका प्रदेशससभा सदस्यहरूले नीति तथा कार्यक्रमको समर्थन गरेका थिए।  सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रमबारे दुई दिन छलफल भएको थियो। बुधबार  मुख्य मन्त्रीले छलफलमा उठेका विषयहरूबारे जबाफ दिएका थिए। नीति तथा कार्यक्रम व्यवहारिक नभएको भन्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले चर्को आलोचना गरेको थियो। 

प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक केदार कार्की र संघिय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले नीति र कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर, संशोधन प्रस्ताव माथिको छलफलकै क्रममा मुख्यमन्त्रीले आफूले राखेको प्रस्ताव समेट्ने आश्वासन दिएको भन्दै यादवले प्रस्ताव फिर्ता लिएका थिए। 

यता प्रमुख प्रतिपक्षदलका कार्कीले दर्ता गरेको संसोधन प्रस्ताव फिर्ता लिन नमानेपछि प्रदेशसभाले बहुमतका आधारमा  नीति तथा कार्यक्रम पारित गरेको हो। प्रदेश १ को सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेको छ। 

प्रकाशित: ३० जेष्ठ २०७५ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App