१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यातायात बन्द गराउने १० पक्राउ

जनकपुरधाम-डाक्टरलाई कालो छ्यापेको आरोपमा पक्राउ पर्नेहरुको रिहाइ माग गर्दै जनकपुरमा चक्काजाम गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकचोक र भानुचोकमा चक्काजाम गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा नेपाली कांग्रेस निकट तरुण दलका जनकपुर नगर अध्यक्ष पंकज महतो, जनकपुर होटल व्यवसायी संघका सचिव धर्मेन्द्र साह, स्थानीय नवीन यादव, प्रशान्त झा, प्रदिप मिश्र, पंकज साह, अमित गुप्ता, अजय गुप्ता, भरत साह र अजित शर्मा छन्।

दुई दिन अघि जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामपरिक्षण यादवको कार्यकक्षमै उनीमाथि कालो मसी छ्यापेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरी सार्वजनिक अपराध सम्बन्धी मुद्दा चलाएको छ। जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका तरुण दलका नगर उपाध्यक्ष राकेशविक्रम साहसमेतका युवाहरुलाई रिहा गर्न माग गर्दै बुधबार जनकपुरको विभिन्न चोकमा चक्काजाम गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित: ३० जेष्ठ २०७५ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App