१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको पुत्ला दहन

तनहुँ– पेट्रोलियम पदार्थको पटकपटकको मुल्य बृद्धिको विषयलाई लिएर नेविसंघ तनहुँले मंगलबार दमौलीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ।

नेविसंघका नेता तथा कार्यकताहरु मसाल जुलुससहित नाराबाजी गर्दै बजारको मेन चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र विद्यार्थीबीच झडप समेत भएको थियो। झडपमा नेविसंघ तनहु“का जिल्ला अध्यक्ष चुडामणि खनाल, सचिव विमल गिरी, क्षेत्रिय सभापति समुन थापामगर र पूर्व केन्द्रिय सदस्य लक्ष्मीभक्त खनाल घाइते भएको नेविसंघ प्रवक्ता हरि खनालले जानकारी दिए। 

प्रधानमन्त्रीको पु्त्ला दहन पश्चात कोण सभालाई सम्वोधान गदै नेविसंघ जिल्ला अध्यक्ष चुडामणी खनालले लोकतन्त्रमा विरोध गर्न पाइन्छ तर प्रहरीले आन्दोलन दवाउन नेविसंघका नेताहरुमाथी बल प्रयोग गरेको गुनासो गरे। पेट्रोलियम पदार्थ मुल्य बृद्धि फिर्ता लिनुपर्ने र बालकृष्ण ढुगेललाई गरिएको रिहाई प्रति असन्तृष्ट जनाउदै नेविसंघले विरोध कार्यक्रम गरेको हो। यता जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले भने मसाल जुलुस खोस्न खोज्दा सामान्य धकेलाधकेल भएको बताए।  

यसैगरी नेविसंघले घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झक बहादुर कुमाल र कार्यवाहक अध्यक्ष शक्ति थापालाई बलात्कारको आरोप लागेको एक महिना पग्न लाग्दा समेत प्रहरीले पक्राउ नगरेको र कांग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई भने सामान्य कुटपिटको घटनामा मुद्दा दर्ता गरि पुर्पक्षको लागि जेल चलान गरिएको प्रति आपत्ति जनाएको छ। 

प्रकाशित: २९ जेष्ठ २०७५ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App