१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगलमा बालकको शव, घटना रहस्यमय

जंगलमा फालिएको अवस्थामा बालकको शव । तस्बिरः नागरिक

कोहलपुर – बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।

कोहलपुर प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे बालुवा बोकेको ट्रयाक्टरबाट खसेर दुर्घटना हुँदा बालकको मृत्यु भयो । मृत्यु भएपछि बालकको शव लुकाइएको अनुसन्धानबाट खुलेको कोहलपुर प्रहरी प्रमुख डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

स्थानीय र प्रहरीले खोजतलास गरेपछि मध्यरात जंगलमा शव फेला पारेका थिए । स्थानीय नवीन खड्काका अनुसार सोही ठाउँमा ४-५ पटकसम्म खोज्दा शव भेटिएको थिएन । बालकको चप्पल, कपडा र शव फरक–फरक ठाउँमा भेटिएको छ । बालकको शव गाडेर पुनः निकाली जंगलमा फालिएको आशंका स्थानीयले गरेका छन्।

खोला किनारमा ३ वटा बेल्चासमेत भेटिएको स्थानीयको भनाइ छ । चालकको लाइसेन्स नभएकाले शव लुकाइएको हुन सक्ने स्थानीय बताउँछन् ।चालक र गाडी धनी फरार छन् । शव लुकाउन सहयोग गर्ने लेबरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै भे १ त ६१६७ नम्बरको ट्रयाक्टर पनि प्रहरीको नियन्त्रणमा छ । अनुसन्धान जारी रहेको डिएसपी भट्टराईले बताए ।
 

प्रकाशित: २८ जेष्ठ २०७५ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App