अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

सोमबार, २८ जेठ २०७५, ०८ : ३३ मदन ठाकुर

रौतहट – रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

अपहरणकारीले बालकको परिवारसँग एक करोड फिरौती माग गरेको र उक्त रकम दिन नसक्दा हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।

हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरण लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय गरुडाबाट चर्तुभुज ओझाको नेतृत्वमा परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतक बालककै गाउँ कटहरीया–९ डुमरियाका १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविन राय यादव, २० वर्षीया सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल, २० वर्षीया रवि कुमार पटेल रहेका छन्।

बालकलाई घरबाट १५ किलोमिटर पर गढीमाई नगरपालिका– ५ बागमती किनारमा लगि गोली प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक यादवले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

शनिबार राति आफ्नै घरमा सुतिरहेको बेला १ बजेको समयमा बालक अपहरणमा परेका थिए।







यसमा तपाईको मत

अन्य समाचार

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

Ncell Footer Ad