१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

म्याद नाघेका उपभोग्य वस्तु बरामद

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले भारी मात्रामा म्याद नाघेका उपभोग्य वस्तु बरामद गरेको छ । बजार अनुगमनका क्रममा प्रशासनले सदरमुकाम दिक्तेल बजारका पसलमा ती सामान फेला पारेको थियो।

म्याद नाघेको बिकाजी पापड दुई पाकेट, रारा चाउचाउ एक कार्टुन, मिक्स मसला तीन झोला, सान ब्ल्याक मेहन्दी २० पाकेट, सेलो खाने तेल चार बोतल, टाइम पास बिस्कुट पाँच झोला बरामद गरेको जिल्ला प्रशासन कार्यालय खोटाङका नासु लिलाबहादुर बिश्वकर्माले बताए ।

यस्तै, लक्की बिस्कुट एक कार्टुन, जोजो चाउचाउ २८ पाकेट, टिएसटी चाउचाउ ३४ पाकेट, मिक्स मसाज पाउडर २४ पाकेट, जोजो चाउचाउ २ कार्टुन, मारी बिस्कुट ११ पाकेट, सेफगार्ड नुहाउने साबुन ४६ पिस, पेटपूजा चाउचाउ एक प्याकेट, रियल नाइस बिस्कुट एक पिस, हरियो मटर फ्राई सात पोका, मिराज भुजिया नौ पोका, खुर्सानी धुलो नौ पाकेट, बेसार धुलो चार पाकेट र अजिनो मोटो एक पाकेट बरामद गरेको प्रशासनले जनाएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App