१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेशसभा सचिवालय वरपर निषेधित क्षेत्र घोषणा

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेश नं ४ को प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषित गरेको छ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आज जारी गरेको सूचनाअनुसार पोखरा लेखनाथ महानगरपालिका–३ स्थित साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदीपुर चोक, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस जाने मार्गको सिमलको रुख, दक्षिणमा अधिकारी टोल, पश्चिममा बागबजारतर्फको परिसरभन्दा १०० मिटर परसम्मको चार किल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ।

महानगरपालिकाको वडा नं ७ स्थित उत्तर फिर्के चौतारो, दक्षिण संघीय प्रहरी इकाई कार्यालय र सडक डिभिजनको चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रकको कार्यालयको प्रवेशद्वार, पश्चिम प्रदेश प्रहरी कार्यालय क्षेत्रभित्र सोमबारदेखि भेला हुन, विरोध प्रदर्शन गर्न, जुलुश र्‍याली गर्न नपाउने गरी स्थानीय प्रशासन ऐनअनुसार आदेश जारी गरिएको छ। प्रदेशको नामाङ्कनको विषयलाई लिएर विभिन्न जाति तथा संघसंस्थाबाट विभिन्न क्षेत्रमा जुलुस र्‍याली निकाल्ने क्रम बढेसँगै प्रशासनले त्यसलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो। रासस

 

प्रकाशित: २७ जेष्ठ २०७५ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App