१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अधिकारीको ‘आमा’ कवितासंग्रह विमोचन


काठमाडौ–पत्रकार शरद अधिकारीको कवितासंग्रह ‘आमा’ विमोचन गरिएको छ। सुन्धारास्थित नागरिक दैनिकको प्रधान कार्यालयमा एक कार्यक्रम गरी कवितासंग्रह विमोचन गरिएको हो।

नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल र रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले कवितासंग्रहको विमोचन गरेका हुन्। एक दशक अघिदेखि पत्रकारितामा क्रियाशील कवि अधिकारीले २०६५ सालदेखि रचना गरेका कवितालाई पुस्तकमा संग्रह गरेका छन्।

वार्णिक छन्दमा प्रकृतिको वर्णन, देश प्रेम र मायाको भाव देखाउन खोजिएको ‘आमा’ कविता संग्रहमा ६० वटा कविता छन्। अधिकारीको यो पहिलो कृति हो । बर्दियाको गुलरिया निवासी कवि अधिकारीले कवितासंग्रहमा आमा, बाबाको माया, प्रेममा मिलन र बिछोडका पीडा र संसार जित्ने परिकल्पनालाई शब्दमा उतारेका छन्।

विमोचन कार्यक्रममा बोल्दै नागरिक दैनिकका सम्पादक लुइँटेलले साहित्य सिर्जना कल्पना शक्तिको बिम्ब भएको बताए। सानै उमेरमा कवितासंग्रह प्रकाशित गरेर नेपाली साहित्य क्षेत्रको विकासमा योगदान दिएको सम्पादक लुइँटेलले बताए।

त्यस्तै रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले छोटो र बिम्बलाई संकेत गरेर लेखिएका कविता आफैंमा उत्कृष्ट रहेको बताए । विमोचन कार्यक्रममा कवि अधिकारीले आमा, नागरिक दैनिकका सम्पादक लुइँटेलले मेरो कथा र रिपब्लिका दैनिकका सम्पादक घिमिरेल प्रेम शीर्षकको कविता बाचन गरेका थिए।
 

प्रकाशित: २६ जेष्ठ २०७५ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App