१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठेकेदारसँगै उपभोक्ता समितीलाई कस्दै जुम्ला प्रशासन

ठेकेदार र उभोक्तालाई कडाई गरेको वारे जानकारी दिदै प्रजिअ विष्णु पौडेल : नागरिक

जुम्ला – कामचोर ठेकेदारको उच्च निगरानी राख्दै आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले उपभोक्ता समितीलाई समेत कस्दै आएको छ।

उपभोक्ता समितीमा बस्न तछाँडमछाँड गर्ने र काम प्रभावकारी नहुने अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन कार्यालयले उपभोक्ता समितीलाई उच्च निगरानीमा राखेको छ । पहिलो पटक हिमा गाउँपालिकास्थित भित्रीखोला जलविद्युत उपभोक्ता समितीलाई कार्वाहीको दायरामा ल्याएको हो।

उपभोक्ता समितीले विकास निर्माणको काममा लापरर्वाही गरेर रकम हिनामिना गरेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले उपभोक्ता समितिमा आबद्ध व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, उपभोक्ता समितीका पदाधिकारीलाई रकम फिर्ता गर्ने की हिरासतमा जाने भन्ने दुईवटा विकल्प दिइएको थियो।

समयमै समितीले आर्थिक अनियमितता गरेको भन्दै सबै रकम समितीको खातामा जम्मा गर्ने र काम प्रभावकारी रुपमा फेरी सञ्चालन गर्ने कागज गरेपछि उनीहरुलाई छाडिएको हो । उनले जसले रकम लिएका थिए, उनीहरुले रकम फिर्ता गरिसकेको बताए । उनका अनुसार ६ लाख १० हजार रुपैँया उपभोक्ता समितीवाट अशुल गरिएको हो । जुम्ला उपभोक्ता समितीले हिनामिना गरेर असुल गरेको पहिलो घटना हो।

समिती भित्रैका व्यक्तिले न्युनतम १२ हजार देखि अधिकतम डेढ लाख रुपैया सम्म वाडेको भेटिएको हो । उपभोक्ता समितीका नाममा बदमासी धेरै भेटिएकोले अवको मिसन उपभोक्ता समितीलाई निगरानीमा राखेर विकासका लागि आएको बजेटको दुरुपयोग हुन नदिने गरि काम अघि बढाइएको स्थानीय प्रशासनले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले बदमासी गर्ने उपभोक्ता समितीको नाममा उजुरी दिन आव्हान गरेका छन् ।विकासका लागि विनियोजित बजेट विकासे काममै खर्च गर्नु पर्छ ।, विकास गर्ने नाममा ठग्ने कामचोर उपभोक्ता समिती र ठेकेदारलाई कडा कार्वाही गर्ने उनले बताए । उनले भने, कामचोर ठेकेदारको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाईसकेका छौ । उपभोक्ता समितीलाई पनि निगरानी बढाएका र्छाै।

समयमै काम नगर्ने र काम गर्दा हिउँदे वर्षे लगायतका बहाना बनाएर ठग्ने संस्कारको अन्त्य गर्न प्रतिबद्ध रहेकोमा जोड दिए । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही उपभोक्ता समितीले गरेको अनियमितताको टुंगो लागिसकेको बताए ।उनले भने, गाउँ समितीलाई अनियमितता गर्न दिदैनौ, तर सुरक्षाको जिम्मा प्रहरी प्रशासनले लिनुपर्छ ।

हिमा गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र जाने सडक र बागवजार, महाबैैपातरखोला हुँदै कालिकोट जाने सडकमा निकै अनियमितता भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार सामान्य खनेजस्तो गरेर रकम ठेकेदार र डोजर मालिकाले लिइएका हुन् । यो अनियमितताको छानविनका लागि प्रहरी प्रशासनलाई उनीहरुले आग्रह गरेका छन् ।भित्रीखोला जलविद्युत आयोजना उपभोक्ता समिती अध्यक्ष विर्खवहादुर रावतले पहिलो अनुभव भएकोले काम विग्रिएको पत्तै नभएको वताए । हामीले जानेर काम बिगारेका होईनौ, उनले नजानेर गरिएको कामको जिम्मा लिन्छौ।

 

प्रकाशित: २६ जेष्ठ २०७५ ०६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App