१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आत्मस्वरूप निरूपण– ९

आदि र अन्त्यले हीन सत्य चैतन्य रूप जो ।
पदार्थमा सर्वश्रेष्ठ जीवको त्यो स्वरूप हो ।।
निर्विकल्प जहाँबाट उत्पत्ति नभको हुने ।
यस्तो स्वरूप आत्माको त्यसलाई चिन्यौ भने ।।

शुद्ध चैतन्यको रूप सनातन र व्यापक ।
निर्विकार स्वयं ज्योति सूर्यको झैँ स्वभाव छ ।।

भोगेर मात्र चिनिने सर्वव्यापी स्वरूप हो ।
आत्मा आधार सबको चैतन्य स्वप्रकाश हो ।।

चित्तदेखि ऊ छ भिन्न चैतन्य र प्रकाशक ।
भित्र बाहिर ऊ व्याप्त उस्को आश्रय निश्चल ।।

फलको चाहना छैन यस्तो आत्मस्वरूप छ ।
आत्मा चित् रूप नै हुन्छ सधैँ स्वस्थ प्रबुद्ध छ ।।
उसको नाश नै छैन न ऊ त्याज्य र ग्राह्य छ ।
उस्लाई छुन सक्तैनन् देशका लागि नै सब ।

 

प्रकाशित: २६ जेष्ठ २०७५ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App