१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरपकड भए निर्माण बन्द गर्ने ठेकेदारको चेतावनी

काठमाडौं- नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले धरपकड भएमा निर्माणकार्य बन्द गर्ने चेतावनी दिएका छन्। शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै सार्वजनिक निर्माण कार्यहरु समयमा सम्पन्न गराउन ‘सार्वजनिक खरिद ऐन २०६३’ तथा ‘सार्वजनिक खरिद नियमावली २०६४’ रहेको अवस्थामा गृहमन्त्रालयले हस्तक्षेप गरि क्षेत्राअधिकार भन्दा बाहिरबाट व्यवसायीलाई पक्रने थुन्ने कार्यले त्रसित र आतंकित बनाएको जनाएको छ।

समयमै काम नसक्ने ठेकेदारविरुद्ध गृहमन्त्रालयले कडा कदम चालेपछि व्यवसायीबाट यस्तो प्रतिक्रिया आएको हो। व्यवसायीहरुले समयमै ठेक्का नसक्ने, गुणस्तरीय काम नगर्ने व्यवसायीलाई आर्थिकरुपमा दण्डित गर्ने, हर्जना तिराउने, ठेक्का तोड्ने, कालो सूचीमा राख्ने, जमानत जफत गर्ने जस्ता कानुनी व्यवस्था हुँदाहुँदै गृहप्रशासनले धरपकड गर्नु गतल भएको उनीहरुको भनाई छ।

कतिपय अवस्थामा रुख कटानमा ढिलाई, निर्माण सामाग्रीको स्रोत नहुलाउने, गलत डिजाईन, निर्माणस्थलको मुअव्जामा ढिलाई, बजेट अभाव, समयमा भुक्तानी नदिएका कारण निर्माणमा ढिलाई हुने गरेको वास्ताविकता बुझ्न समेत आग्रह गरिएको छ।

डिजाइन, ड्रइङ नदिनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर काम नगर्न, काममा बाधा पुर्‍याउने नेपाल सरकारका कर्मचारीलाई पनि कारबाहीको दायरमा ल्याउन सरकारलाई अनुरोध गरेका छन्।

प्रकाशित: २५ जेष्ठ २०७५ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App