१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

छतको पानी सोझै सडकमा फ्याँक्नेलाई कारबाही

काष्ठमण्डप
काठमाडौं महानगरपालिका वडा २ को कार्यालयले घरको छतबाट खसालिने अकासेपानी व्यवस्थित गर्न वडाका घरधनीलाई सातदिने ‘अल्टिमेटम’ दिएको छ । वडा २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरबाट सडकमा खसालिने अकासेपानीको पाइप हटाउन घरधनीलाई सोमबार पत्र काटेका हुन् । घरको छतबाट जथाभावी ढंगले सडकमा पानी खसाल्दा वर्षायाममा पैदलयात्रुले सास्ती खेप्नुपरेकाले पत्र काटिएको वडा वडाध्यक्ष श्रेष्ठले बताए ।

‘छतको पानी सोझै सडकमा खसाल्दा सडक भत्किनुका साथै हिँडडुल गर्न समेत निकै असजिलो भएको छ । त्यसैले हटाउन खोजेका हौँ,’ उनले भने । पत्र काटेको सात दिनभित्रै घरधनीले पाइप नहटाए वडा कार्यालयले पाइप हटाइदिने र यसरी हटाउँदा लागेको खर्च घरधनीबाट असुलउपर गरिने व्यहोरा पत्रमा उल्लेख छ । वडाध्यक्ष श्रेष्ठका अनुसार पहिलो चरणमा २३ घरधनीलाई पत्र काटिएको छ । यसपछि क्रमशः अरु घरधनीलाई पत्र काट्ने वडा कार्यालयको योजना छ।

‘छतको पानी सोझै सडकमा खसाल्दा सडक भत्किनुका साथै हिँडडुल गर्न समेत निकै असजिलो भएको छ । त्यसैले हटाउन खोजेका हौँ,’ उनले भने । पत्र काटेको सात दिनभित्रै घरधनीले पाइप नहटाए वडा कार्यालयले पाइप हटाइदिने र यसरी हटाउँदा लागेको खर्च घरधनीबाट असुलउपर गरिने व्यहोरा पत्रमा उल्लेख छ ।


पहिलो चरणमा सीमा गल्ली, खुर्सानीटार मार्ग, श्री मार्ग, सुजन मार्ग, शिवभक्त मार्ग, निश्चल मार्ग, कैलाश मार्गका घरधनीलाई पत्र काटिएको हो । ‘अकासेपानी संकलन गरेर पुनः प्रयोग गर्न सकिन्छ । यसो गर्न नसके कम्तीमा छतको पानी संकलन गरेर जमिनमुनि पठाए पनि जमिन पुनः भरण हुन्थ्यो । हामीले वडावासीलाई भनिरहेका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘अकासेपानी संकलन प्रणाली राख्ने घरधनीलाई काठमाडौं महानगरपालिकाले नक्सापास दस्तुरमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।’ यो सुविधा लिन भने वडा २ मा कोही पनि घरधनी नआएको उनले बताए ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App