१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिजीको नयाँ प्रवर्द्धन योजना

काठमाडौं – सिजी इलेक्ट्रोनिक्सले आउँदै गरेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै सिजीका एलइडी टिभीहरुमा ‘एक्स्ट्रा टाइमको गोल मै छ मज्जा’ नामक योजना ल्याएको छ । यसमा ३० प्रतिशत एक्स्ट्रा छुट दिने कम्पनीले जनाएको छ।बिहीबारदेखि सीमित अवधिका लागि नेपालभर लागू गरिएको उक्त योजनामा सिजीका २० देखि ४३ इन्चसम्मको कुनै पनि नर्मल तथा स्मार्ट टिभी खरिद गरेपछि एक्स्ट्रा ३० प्रतिशतसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ।

३० प्रतिशत छुटसँगै नेपालमै पहिलोपटक लागू गरिएको एक्स्ट्रा तीन वर्षको वारेन्टी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी, ४३ इन्चभन्दा माथिको टिभीमा सिजीकै मल्टी मिडिया स्पिकर र तीन वर्ष वारेन्टी छ ।सिजीका टिभी खरिद गर्नेमध्येबाट प्रप्तेक हप्ता भाग्यशाली एकजनाले सिजीकै अर्को एलइडी टिभी प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ।साथै सिजीको अर्को अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग लिएर दैनिक आकर्षक उपहार पनि प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App