१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गोटिखेलमा सनराइज बैंक

काठमाडौं– सनराइज बैंकले ललितपुरकोे महाँकाल गाउँपालिका वडा नम्बर ३, गोटिखेलमा नयाँ शाखा सञ्चालन गरेको छ । महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई विभिन्न सुविधा दिने क्रममा हालै बचत खाताका ग्राहकका लागि ‘स्वास्थ्य बिमा सुविधा’ ल्याएको थियो ।उक्त बिमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा एक  लाखसम्म बैंकले सोधभर्ना गर्छ ।

बैंकले देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा पाँचदेखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था मिलाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App