१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कलैयामा लक्ष्मी बैंक

काठमाडौं– लक्ष्मी बैंकले बाराको कलैयामा ५८ औं शाखा स्थापना गरेको छ । योसँगै लक्ष्मी बैंकको सञ्जाल ४३ जिल्लामा पुगेको छ ।
यसबाहेक तीनवटा अस्पताल काउन्टर, एक सय तीन एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा र चार सयभन्दा बढी मोबाइल एजेन्ट रहेको बैंकले जनाएको छ।

गत आर्थिक वर्ष ०७३-७४ मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले सो आर्थिक वर्षमा करिब सय करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

 

प्रकाशित: २४ जेष्ठ २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App