१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानसेनापति क्षत्री भारत प्रस्थान

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणामा देहरादुनस्थित भारतीय सेनाको इण्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको चिफ रिभ्युविङ्ग अफिसरको रूपमा आतिथ्यताको लागि क्षत्री बुधबार भारत प्रस्थान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे। थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित अन्य उच्च पदस्थ अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री जेठ २८ गते स्वदेश फर्किने निर्देशनालयले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App