कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

बुधबार, २३ जेठ २०७५, १२ : ५३ नागरिक

काठमाडौं – सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारीप्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन्।

संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उनले सांसदको मुख्य काम कानून र नीति बनाउनु भएकाले त्यसप्रति सजग र सिर्जनशील हुन सुझाव दिएका हुन्।

सभामुख महराले भने, ‘संसद्मा सांसदहरुको उपस्थिति बढाउन आवश्यक छ, जनता बढी आफ्ना प्रतिनिधि सिर्जनशील भएको देख्न चाहन्छन्, त्यसका लागि तपाईहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको छ।’

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कानूनको मस्यौदा समयमा तयार नपारेर संसद् र सांसदले खप्की खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे।

उनले भने, ‘सदनको बैठकमा कुर्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ, जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र चोटा धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्।’

सदन नचलेको समयमा ‘कता जाऔं, कसरी दिन बिताऔं’ भन्ने दोधारमा परेका सांसदलाई कुर्सी, ज्ञान र चाहिएका पुस्तक पढ्न पाउने सुबिधा भएकाले सिहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमिल्सिनाले सुझाव दिए।

कानून, न्याय तथा संघीय मामिलामन्त्री शेरबहादुर तामाङले निर्वाचनका समयमा जनताले सार्वभौमसत्ताको प्रयोग गर्न दिएको अभिमतलाई शिरमा राखेर जनताको हितसँग जोडिएका कानून निर्माणमा ध्यान दिन सांसदसँग आग्रह गरे।

उनले भने, ‘संविधानसँग बाँझिने र जनतालाई अहित हुने तथा न्यायाधीशले बदमासी गर्नसक्ने गरी कानुनका छिद्र नरहनेगरी कानून निर्माण गर्न तपाईहरुले ध्यान पु¥याउन आवश्यक छ।’

संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसदीय प्रक्रिया र काम कारबाहीका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना भएको दुई दिने उक्त अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका २०० भन्दा बढी सांसदको सहभागिता छ।

अभिमुखीकरणमा संविधान निर्माण, संघीय संसद् र संसदीय अभ्यास, संघीय संसद सचिवालयको आधारभूत जानकारी, कानून तर्जूमा, बजेट निर्माण र वित्तीय अनुगमनमा संसद्को भूमिका, संसद् र नागरिकबीचको सम्बन्ध, संघीय संसदीय प्रक्रिया र सचिवालयको भूमिका, कानून निर्माण र सरकारका काम कारबाहीको अनुगमनमा संसदीय समितिको भूमिकाका सम्बन्धमा विज्ञहरूबाट प्रस्तुति हुने सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सदनले छोटो समयभित्रै धेरै कानून निर्माण तथा पुराना कानूनलाई समयानुकूल तुल्याउनुपर्ने भएको हुँदा कानून निर्माणको जिम्मेवारीलाई पूरा गर्न सजिलो होस् भन्ने हेतुले सचिवालयले सांसदका लागि अभिमुखीकरण आयोजना गरेको हो। रासस








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad