१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्दोलनले आज पनि सेयर कारोबार प्रभावित

काठमाडौं – सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गर्ने भएका छन्। याे सँगै अान्दाेलनका कारण प्रभावित भएकाे सेयर बजार अज पनि ठप्प हुने भएकाे छ।

सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा कढी रकम पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताहरु मंगलबारदेखि आन्दोलन जारी राखेका हुन्।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सरकारको पछिल्लो निर्णय फिर्ता नलिएसम्म सेयर कारोबार हुन नदिने चेतावनी दिएका छन्। उनले आज विहान १० बजे नेपाल धितोपत्र बोर्ड घेराउ गनुका साथै ब्रोकरको कार्यालय घेराउ गरी कारोबार हुन नदिने बताए।

उहाँले सेयर कारोबार नगरी आन्दोलनमा साथ दिन सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई पनि विज्ञप्तीमार्फत् आग्रह गरिएको जानकारी दिए।

गत शुक्रबार आन्तरिक राजस्व विभागबाट जारी पत्र फिर्ता नभएसम्म आन्दोलनलाई यथावत राखि थप शसक्त बनाइने अर्यालले बताए।

प्रकाशित: २३ जेष्ठ २०७५ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App