१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कानुन अभावले काम गर्न सकिएन : जनप्रतिनिधि

सुर्खेत – प्रदेश नम्बर ६ का जनप्रतिनिधिहरुले कानुन बिना काम गर्न गाह्रो भएको बताएका छन् । सांसद पद्मा खड्काले ऐन कानुन नभएर कुनै काम गर्न नसकेको बताएकी हुन् ।

स्थानीय तह निर्वाचनको एक वर्ष पुगेको अवसरमा डेमोक्रेसी रिसर्च सेन्टर नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले चुनाव नै उल्टो भएको बताइन् । ‘जुनरुपमा चुनाव हुनुपथ्र्यो भएन, चुनाव पनि उल्टो हुनु, ऐन कानुन पनि नहुनुले हामी काम गर्न सकेका छैनौं,’ उनले भनिन् । स्थानीय तहका जनप्रतिनिधिहरुले भने कानुन बनाउनै एक वर्ष लागेको बताए । बराहताल गाउँपालिकाकी उपाध्यक्ष शोभा शर्माले कानुन बनाउनै एक वर्ष लागेको बताइन् । त्यसका बावजुद धेरै काम गरेको उनको दाबी थियो।

धेरै समयपछि स्थानीय तह निर्वाचनले स्थानीय जनतामा उत्साह थपिएको छ, उनीहरुको अपेक्षा पनि बढेका छन् । जनताका अपेक्षा धेरै भएपछि जति का गरेपनि थोरै देखिनेरहेछ,’ उनले भनिन् । बाँकी चार वर्षमा धेरै काम गर्ने उनले बताइन् । त्यस्तै वडाध्यक्षहरुले कर्मचारी अभाव र भौतिक संरचनाको अभावका कारण गर्न सकिने कामहरु पनि गर्न नसकेको बताए ।

वीरेन्द्रनगर नगरपालिका १ का अध्यक्ष गंगाराम सुनारले कर्मचारी अभावका कारण काम गर्न गाह्रो भएको बताए । त्यस्तै वडा ८ का अध्यक्ष थम्मा प्रसाद गौतमले भौतिक संरचना बिना काम गर्न गाह्रो भएको बताए । वरिष्ठ अनुसन्धाकर्ता इन्दु थारुले डेमोक्रेसी रिसर्च सेन्टर नेपालले देशको नयाँ सरंचनाअन्तर्गत स्थानीय र प्रादेशिक सरकारको कार्यान्वयनसम्बन्धी काम गरिरहेको जानकारी गराएकी थिइन् ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App