१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एलजीको टिभीमा ३१ प्रतिशत क्यास ब्याक

काठमाडौं– एलजीले विश्वकप फुटबल अवसरमा टिभी खरिदकर्तालाई ३१ प्रतिशतसम्मको क्यासब्याक दिने भएको छ।साथै, ग्राहकले भायनेटको पाँच हजार चार सय २४ रुपैयाँ पर्ने ३० एमबिपिएसको इन्टरनेट तीन महिनाको लागि र फ्री नेट टिभी लाइभ च्यानल समेत पाउने कम्पनीले जनाएको छ।

यो अफर अन्तर्गत ग्राहकले हरेक हप्ता ४३ इन्चको एलजी स्मार्ट टिभी लक्की ड्रमार्फत जित्न सक्ने छन् । सिजीले हरेक क्याटगोरीको ओएलइडी टिभी, सुपर युएचडी टिभी, युएचडी टिभी, स्मार्ट टिभी र नर्मल एलइडी टिभीमा सुपर डिस्काउन्ट अफर ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २३ जेष्ठ २०७५ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App