ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

मङ्गलबार, २२ जेठ २०७५, २२ : २४ नागरिक

भक्तपुर- ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। 

सहकारीको निक्षेप ठगी आरोपमा २०७३ साल पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेपछि काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएपछि उहाँ डिल्लीबजार सदरखोरमा सजाय भोगिरहेका थिए।

यसअघि काठमाडौँले २ वर्ष कैद र रु पाँच करोड ९१ लाख ९७ हजार जरिवाना र सोही प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र चार लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो। 

यस्तै, भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र रु ८४ हजार जरिवानाको फैसला सुनाएको थियो। भक्तपुर जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्दामा रु सात लाख, गंगालाल खयरगोलीको जोहेरी मुद्दामा रु पाँच लाख र न्यायाधीश मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्दामा ५० हजार माग गरेको धरौटी रकम बुझाएपछि बस्नेत तारेकमा रिहा भएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए। 

बस्नेतमाथि भक्तपुर, काठमाडाँै र स्याङ्जा जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दर्जनभन्दा बढी मुद्दा रहेको बताइएको छ। रासस 





यसमा तपाईको मत

अन्य समाचार

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

Ncell Footer Ad