१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा विद्यार्थी बोकेको बस दुर्घटना, ५ घाइते

धादिङ– त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ याकघर नजिकै मंगलबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। 

तनहुँबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस अनियन्त्रित भई नालामा पल्टिएको थियो। दुर्घटनामा चालकसहित ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको नाम खुल्न सकेको छैन। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ।  

काठमाडौँस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत २६ जनाको टोली भम्रणमा गई फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ। 

प्रकाशित: २२ जेष्ठ २०७५ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App