१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

मोगादिसु – सोमालियाको स्वशासित राज्य सोमालील्यान्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् ।केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरुले जनाएका छन् ।

सोमालिल्यान्डको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै बताइए अनुसार झण्डै एक लाख ६८ हजार मानिस प्रकोपबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । त्यसैगरी झण्डै दुई सय ७७ हेक्टर भूमिमा पनि क्षति पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । आँधी, बर्षा र बाढीले खेतीयोग्य जमीन पनि काम नलाग्ने बनाएको बताइएको छ।

‘आँधीका कारण विभिन्न संरचना, बाटो, माछा मार्ने डुंगा, उपचार सामग्रीलगायतको नोक्सानी भएको छ,’ राष्ट्रसंघीय कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । झण्डै ८० प्रतिशत स्थानीय बासिन्दाको बासस्थान क्षतिग्रस्त भएको छ भने ३३ विद्यालयमा पनि आंशिक प्रभाव परेको बताइएको छ ।

अहिले आएको आँधी सोमालियामा अहिलेसम्म रेकर्ड गरिएका आँधीमध्ये सबैभन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ । आँधी, बर्षा र बाढीमा परी हजारौं पशुचौपाया पनि मारिएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । प्रकोपबाट प्रभावितलाई उद्धार र सहयोग पुर्याउने कार्य भइरहेको र त्यसमा सुधार भइरहेको राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।अधिकारकर्मीहरुले प्रभावित झण्डै ३६ हजार पारिवार रहेको जानकारी दिएका छन् । बरिडा, कालुला, गुम्बाक्स, मुर्कान्यो, एक्सबो र क्वान्डालाका केही भागहरु सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App