१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

काठमाडौं – विश्व वातावरण दिवसको अवसरमा नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले दुई जना पत्रकारलाई वातावरण पत्रकारिता पुरस्कार–२०१७ प्रदान गर्ने भएकाे छ।

समूहले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसरमा दि काठमाडौं पोष्ट दैनिक र  अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता क्रमशः चन्दनकुमार मण्डाल र छेटु शेर्पालाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्न लागेकाे हाे। विगत तीन दशकदेखि प्रदान गर्दै आएको सो पुरस्कारको राशी २५ हजार रुपैयाँ र प्रमाण–पत्र रहेको छ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१७ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार एक जनालाई प्रदान गर्ने गरेको थियो। तर यो पटक विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरुको मूल्याङ्कन गर्दा दुवैजना पत्रकारको बराबरी अङ्क आएकाले यो पुरस्कार दुवैजनालाई दिने निर्णय भएको हो।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१७ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो। वरिष्ठ पत्रकार राजेन्द्र दाहाल संयोजक, पत्रकार तथा कार्यसमिति सचिव शारदा रिजाल र कार्यसमिति विज्ञ सदस्य तथा वातावरणविद् सूर्यमान शाक्य रहेको छनौट समितिले संकलित सामाग्रीको मूल्याङ्कन गरेको थियो।

समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुमध्ये सान्दर्भिकता, गहनता, विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता समेतका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरेको जनाएको छ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१७’ पाउने पत्रकारद्धयमण्डल र शेर्पा ३१औँ पत्रकार हुन्।

प्रकाशित: २२ जेष्ठ २०७५ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App