१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लब आइतबार राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।

मूलपानी मैदानमा प्रदेश नम्बर ४ लाई ९ विकेटको विशाल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। प्रदेश नम्बर ४ ले २९ ओभरको समाप्तिमा सबै विकेट गुमाएर प्रस्तुत गरेको ७७ रनको लक्ष्य आर्मीले मात्र १ विकेटको क्षतिमा १६.४ ओभरमा भेटाउँदै जारी प्रतियोगितामा सेमिफाइलन प्रवेश गर्ने पहिलो टोली बनेको हो।

विभागीय टोली आर्मीका लागि सहज जित निकाल्न ओपनर अनिलकुमार मण्डलले अविजित २८ तथा नरेश बुढाऐरले १० रनको इनिङ खेले। २८ रन जोडेका अनिलले ४५ बलको सामना गर्दै ३ चौका प्रहार गरेका थिए। नरेश बुढाऐरले २२ बलको सामना गर्दै १ चौका हिर्काएका थिए । अर्का ओपनर सागर पुनले ३३ बलको सामना गर्दै ३ छक्का र १ चौकाको मद्दतमा २६ रन बनाए।

लगातार तीन खेलमा स्पष्ट जित निकाल्दै आर्मी लिग चरणको अन्तिम खेलअगावै अन्तिम चारमा प्रवेश गरेको छ।


आर्मीको एक मात्र विकेट प्रदेश नम्बर ४ का सुशन भारीले हात पारेको थिए । ६ ओभर बलिङ गरेका भारीले १ मेडन राख्दै २३ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर ४ का लागि ओपनर अनिल गुरुङले अविजित ४२ रन बनाए पनि उनलाई दोहोरो अंक जोडेर साथ दिन अन्य खेलाडी सफल भएनन्। प्रदेश नम्बर ४ का ६ खेलाडी शून्यमा पवेलियन फर्किएका थिए। प्रदेश नम्बर ४ लाई न्यून स्कोरमा समेट्न विक्रम सोब, साहब आलम र सागर पुनले समान ३/३ विकेट लिए । खेलमा त्रिभुवन आर्मी क्लबका सागर पुन म्यान अफ दी म्याच घोषित भए।

लगातार तीन खेलमा स्पष्ट जित निकाल्दै आर्मी लिग चरणको अन्तिम खेलअगावै अन्तिम चारमा प्रवेश गर्दा पराजित प्रदेश नम्बर ४ प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि प्रदेश नम्बर १ पनि सोही समूहबाट बाहिरिसकेको छ।

आइतबारै सम्पन्न अर्को खेलमा स्पिनर शक्ति गौचनको प्रदेश नम्बर ५ ले रवीन्द्र शाही कप्तान रहेको प्रदेश नम्बर ६ लाई पनि ९ विकेटको भारी अन्तरले पराजित गरेको छ। विजयी प्रदेश नम्बर ५ ले २ खेलबाट ३ अंक बनाउँदै सेमिफाइनल सम्भावना कायमै राखेको छ । पराजित प्रदेश नम्बर ६ प्रतियोगिताबाट बाहिरिएको छ।

प्रदेश नम्बर ५ ले २२.५ ओभरमा सबै विकेट गुमाएर प्रस्तुत गरेको ५६ रनको सामान्य लक्ष्य प्रदेश नम्बर ६ ले १०.४ ओभरमा १ विकेट गुमाएर भेटाएको हो। सामान्य लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर ५ का लागि ओपनर शंकर राणाले सर्वाधिक २९ रनको योगदान गरे। अर्का ओपनर सन्दीप सुनारले अविजित २७ रन बनाए भने सुवेन्दु पाण्डे १ रनमा अविजित रहे।

प्रदेश नम्बर ५ को एक मात्र विकेट प्रदेश नम्बर ६ का टेक सलामीले हात पारेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ६ का लागि विजय विष्टले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोर अंक छुन सकेनन्। प्रदेश नम्बर ६ का ६ खेलाडीले रनको खातासमेत खोल्न सकेनन्।

प्रदेश नम्बर ६ को इनिङलाई सस्तैमा समेट्न प्रदेश नम्बर ५ का शक्ति गौचन र विशाल भुसालले समान ३/३ विकेट लिएका थिए। कृष्ण कार्कीले २ विकेट हात पार्दा लाल अधिकारीले पनि २ विकेट लिन भ्याए। खेलमा प्रदेश नम्बर ५ का शक्ति गौचन म्यान अफ दी म्याच घोषित भए।

प्रदेश नम्बर २ र विभागीय टोली एपिएफबीच त्रिभुवन विश्वविद्यालयमा खेल हुँदा प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ बीच मूलपानी मैदानमा खेल हुनेछ।

प्रकाशित: २१ जेष्ठ २०७५ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App