१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मोर्ड़ोभिया अरेना - विश्वकप बिशेष

 

रुसको सारांस शहरमा अवस्थित रहेको यस मोर्ड़ोभिया अरेनालाई  स्टाडिअन् युभिलिनीका नामले पनि चिनिन्छ | सन् २०११ बाट निर्माण कार्य सुरु गरेर हालै विश्वकप खेलाउनका लागि समापन गरिएको यस स्टेडियममा मोर्डभिनका मानिसहरुको मौलिकता झल्काउने गरि रातो, सेतो र सुन्तला रंगको प्रयोग गरिएको छ | नजिकैको रेलवे स्टेसन मात्र दुई किलोमिटरको दूरीमा रहेको छ | यस स्टेडियममा ४५ हजार दर्शकले एकै पटकमा विश्वकपको खेल हेर्न पाउने छन् |  विश्वकप भरि यस मैदानमा चार खेल खेलाइने छन् | १३ जुनमा पेरु र डेनमार्क, १९ जुनमा कोलम्बिया र जापान, २५ जुनमा पोर्टुगल र इरान र २८ जुनमा पानामा र टुनिशिया बीचको खेल यस मैदानमा हुने निश्चित भएको छ |

 

 

प्रकाशित: २० जेष्ठ २०७५ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App