१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘तिमी हुन्छौ जहाँ जहाँ’ ट्रेलर

काठमाडौं  – प्रेमकथाको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असार ८ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्सलगायतका विषय देखाइएको छ।

राजधानीमा बिहीबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका कथाकार तथा निर्देशक विकास बस्यालले फिल्मले प्रेमकथा समेट्ने बताए । ‘हाम्रो फिल्मले पनि प्रेमकथाकै कुरा बोल्छ। तर यो प्रेमकथा अलिक भिन्न किसिमको छ।’ उनले भने।

फिल्मका नायक मनिषसुन्दर श्रेष्ठले फिल्म क्षेत्रमा आफू नयाँ भए पनि आफूले मेहनतले काम गरेको बताए। ‘फिल्म ‘रानी’ पछि यो फिल्म मेरो दोस्रो प्रोजेक्ट हो । तर पहिलो प्रोजेक्टभन्दा यसमा बढी मेहनत गरेको छु ’ मनिषले भने। नायिका मलिनाले प्रेमकथाको फिल्ममा काम गर्दा रमाइलो लाग्ने बताइन्।

फिल्ममा स्वरुपपुरुष ढकाल, रवि गिरी, विश्व बस्नेत, रुपा राना, गोपाल ढकाल, तमन्ना केसी, गीता अधिकारी, धिरज सुनार, विनिता ओली र वर्षा शिवाकोटीको अभिनय छ।

बिएण्डबी फिल्मस्को ब्यानरमा बनेको फिल्ममा मदन दवाडी, डालचन्द्र दवाडी, हरिप्रसाद अधिकारी निर्माता, प्रकाश बास्कोटा कार्यकारी निर्माता र विना कार्की सहनिर्माता छन्। फिल्ममा माधव शर्मा घिमिरेको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन र रामशरण उप्रेतीको छायांकन छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App