१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालीगण्डकीमा हाम फालेकी महिलालाई मजदुरले बचाए

गुल्मी– कालीगण्डकी नदीमा आत्माहत्या गर्न हाम फालेकी एक महिलालाई मजदुरले बचाएका छन् । 
गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लाकी ४४ वर्षीया सावित्रा घिमिरेले शनिबार नदीमा हाम फालेकी थिइन् । उनलाई सोही नदी किनारमा बालुवाका चाल्ने मजदुर शिव परियारले बचाएका हुन् । 

परियारका अनुसार घिमिरेले दुई पटक आत्महत्याको प्रयास गरेकी थिइन् । पहिलो पटक उनी आफूले बोकेको झोला किनारमा राखेर नदीमा पसेको र पछि झोलासहित हाम फालेर बगेपछि मजदुरले नदीबाट निकालेर बचाएको इलाका प्रहरी चौकी रिडीका प्रहरी जवान भरत गुरुङले बताए । 
प्रहरीका अनुसार उनको झोलामा दुई बोत्तल बिषसमेत रहेको थियो । पारिवारिक तनावका कारण आफू नदीमा हामा फालेर आत्महत्या गर्न खोजेको घिमिरेले प्रहरीसमक्ष बताएकी छन् । 
उद्धार गरि बचाएकी घिमिरेलाई परिवारको जिम्मा लगाइएको छ । 

प्रकाशित: २० जेष्ठ २०७५ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App