१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

सल्लेरी- दमकल अभ्यास गर्ने क्रममा घाइते भएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते भएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए।जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा अहिले ११ जना नगर प्रहरी छन् । नगर प्रहरी सहायक निरीक्षकको कामाण्डमा उनीहरुले काम गरिरहेका छन्।रासस

प्रकाशित: १९ जेष्ठ २०७५ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App