१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकामा थपिए दुई मन्त्री, सञ्चार राज्यमन्त्री बाँस्कोटाको बढुवा

काठमाडौँ – सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा सञ्चारमन्त्रीमा बढुवा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री रहेका बाँस्कोटा शुक्रबार सञ्चारमन्त्रीमा बढुवा भएका हुन् । 

सरकारमा उनीसँगै अन्य दुई मन्त्री थपिएका छन्। संघीय समाजवादी फोरम सरकारमा सहभागी भएसँगै ओली सरकारमा दुई मन्त्री थपिएका हुन् । नयाँ मन्त्रीमा फोरम अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई रहेका छन् । यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री र राई शहरी विकासमन्त्री भएका छन्। 

साथै सरकामा दुई उपप्रधानमन्त्री पनि थपिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् भने फोरम अध्यक्ष यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री भएका छन् । 

 

प्रकाशित: १८ जेष्ठ २०७५ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App