१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

स्वाभलम्बी बन्न सिकाउने गीत 'वाचा गर'

काठमाडौँ – रचनाकार तथा नव गायिका ज्योती खतिवडाको वाचा गर बोलको गीत सार्वजनिक भएको छ। 

गीतमा मस्तिष्क पक्षघात भएका बालबालिकाहरुलाई आफैँ स्वाभलम्बी बन्न हौसला दिइएको छ। खतिवडा आफ्नै छोराको साथमा भिडियोमा देखा परेकी छन् भने अर्का बाल कलाकार बिणभ जोशी रहेका छन्। 

अपाङ्गता भएका बालबालिका लाई पनि सवलाङ्ग बच्चालाई सरह अवसर दिने हो भने उनीहरु हरेक क्रियाकलाप मा उत्कृष्ट हुदै अगाडि बढ्छन् भन्ने सन्देश गीतमा दिइएको छ। गीतमा सङ्गीत र एरेन्ज विनय के २ ले गरेका छन् भने भिडियोको निर्देशन सशान कँडेल ले गरेका छन्।

सम्पूर्ण आमाहरूको भावना समेटिएको गीतमा आफ्ना बच्चाहरू प्रतिको ममता मार्मिक तथा उत्कृष्ट ढङ्गले प्रस्तुत गरिएको छ । फरक धारमा बनेको यो विशेष गीत, सङ्गीत पारखीहरुका लागि नयाँ स्वादको हुन सक्ने  अनुमान गरिएको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App