१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु

धादिङ – बेनिघाट रोराङ गाउँपालिका– ३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा ८७ प ३३९३ नंको मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा ४ ख १८९९ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताए।

दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो। दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।   (रासस)

प्रकाशित: १८ जेष्ठ २०७५ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App