१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इपिएल प्रसारणका लागि सम्झौता

काठमाडौं – एभरेस्ट प्रिमियर लिग (इपीएल) २०१८ को आयोजकले डिजिटल ब्रोडकास्ट पार्टनर नेपाल–फिलिक्ससँग बिहीबार प्रतियोगिता प्रसारणका लागि सम्झौता गरेको छ।

इपिएल प्रालिका प्रबन्ध निदेर्शक आमिर अख्तर र नेपाल–फिलिक्सका चिफ अपरेटिङ अफिसर करेल कुइपेरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । संसारभर नेपाली खेलकुद प्रतियोगिता विश्वभरि पुर्याउनका लागि डिजिटल पार्टनरको रूपमा नेपाल–फिलिक्ससँग सम्झौता गरेको प्रबन्ध निर्देशक आमिरले बताए।

यस्तै नेपाल–फिलिक्सका कुइपेरीले इपिएलसँग जोडिन पाउँदा खुसी लागेको बताए । कुइपेरीले भने, ‘नेपाली क्रिकेट खेल अहिले विकासको क्रममा छ । यो अवधिमा नेपालले २०१४ को ट्वान्टी–२० विश्वकप खेल्यो । अहिले नेपालले एकदिवसीय मान्यता पाएको छ।’

तेस्रो संस्करण एभरेस्ट प्रिमियर लिग (इपिएल) आउँदो नोभेम्बरमा हुनेछ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App