१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘रणहार’मा मल्लकालीन इतिहास

काठमाडौं– भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लको भोगाइ प्रस्तुत गरिएको पुस्तक ‘रणहार’ प्रकाशन भएको छ । पब्लिकेसन नेपालयले पुस्तकमा रणजीतको भोगाइमार्फत काठमाडौं उपत्यकाको एक कालखण्डलाई चित्रण गरेर मुलुकको पुरानो इतिहासलाई पाठकमाझ प्रस्तुत गरिएको जनाएको छ।

रणजीतकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । भक्तपुर हातमा आएपछि नै पृथ्वीनारायणको उपत्यका विजययात्रा टुंगिएको थियो । पुस्तक इतिहासका अध्येता योगेश राजले तयार पारेका हुन् ।

पुस्तकमा उपत्यकाका तीन राज्यमध्ये सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीतले सन् १७६९ मा पृथ्वीनारायणका सैन्य र चलाखीपूर्ण कदमहरूबाट राज्य गुमाएको प्रसंगलाई प्रस्तुत गरिनेछ ।पुस्तकले भक्तपुरमा सत्तासिन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालीन समयको लडाईंको कथा प्रस्तुत गरेको छ ।

पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले विशिष्ठ लेखन शिल्प र शैलीले पुस्तक महत्वपूर्ण आख्यान बनेको बताइन् । नेपालयले पुस्तकका सर्जक योगेशको चाहना अनुरुप ‘रणहार’ औपचारिक कार्यक्रमबिनै सार्वजनिक गरिएको जनाएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App