१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'तरकारीवाली' भन्छिन् : शाहरुख खानलाई भेट्न मन छ

तरकारीवालीको नामले एकाएक भाइरल भएकी थिइन् कुसुम श्रेष्ठ । उनले तरकारी बोकेको फोटो २०७३ सालमा एकाएक विश्वभर चर्चामा आयो । गोरखाकी कुसुम श्रेष्ठ पृृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की श्रेष्ठ आफ्नो फोटोले ‘धुम’ मच्चाएकोमा धेरै खुसी थिइन् र छन् । उनले हालै नेपाली चलचित्र ‘लम्फु’मा समेत अभिनय गरेर थप चर्चा बटुलेकी छन् । उनलाई के के मन पर्छ त? नागरिक परिवारले उधिनेको छ ।

व्यवसाय
व्यापार गर्न मन पर्छ । यही व्यापारले गर्दा मलाई चर्चामा ल्याएको हो । अरू त भन्ने मिले नि हैन।

पुस्तक
मलाई लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘मुनामदन’ मन पर्छ । सानोमा म स्कुल पढ्दाखेरी मुनामदन खुब पढ्थेँ । अहिले पनि त्यो पुस्तक मसँग छ।

चलचित्र
मलाई नेपाली चलचित्र कोहिनुर मन पर्छ । त्यो चलचित्रमा श्रीकृष्ण श्रेष्ठको अभिनय एकदमै मन पर्छ । जति हे¥यो उति हेरिरहुँ जस्तो लाग्छ।

नायक
पुष्प खड्का मलाई प्रिय लाग्छ । अभिनय एकदमै मन प¥यो उहाँको पछिल्लो फिल्म ‘मंगलम’ । उहाँको अभिनय, एक्सप्रेसन, बोल्ने शैली, स्टाइल मन पर्छ । म्युजिक भिडियोमा पनि देखेकी छु, रियल अभिनय गरे जस्तो लाग्छ।

हिरोइन
मलाई पछिल्लो समय कि लोकप्रिय नायिका आँचल शर्मा मन पर्छ । उहाँको बोल्ने शैली र अभिनय धेरै मन पर्छ । हेर्दा पनि सुन्दर लाग्छिन् ।

भेट्न चाहेको तर नभेटेको व्यक्ति
मैले भेट्न चाहेको व्यक्ति शाहरुख खान हो । बलिउड अभिनेता शाहरुख खानलाई भेट्न मनपर्छ।  

भेटिरहन मन लाग्ने व्यक्ति
मेरा लागि सधैँ भेटिरहने व्यक्तित्व आफ्नै बुवा–आमा नै हो । आफ्नो बुवा–आमा बाहेक अरू त को हुन्छ होला र ? मलाई त सधैं बुवा–आमालाई नै भेटिरहन मन लाग्छ।

मोबाइल
मलाई सजिलो लाग्ने र मन पर्ने सेट ओप्पोको मन पर्छ।

पोशाक
मलाई सुहाउने भनेको कुर्ता–सलवार हो । लगाउन पनि सजिलो हुने भएकोले कुर्ता–सलवार मनपर्छ।

खेल
भलिबल खेल मन पर्छ । म भलिबल खेलाडी पनि हुँ । म राम्रो भलिबल खेलाडी भएकोले भलिबल खेल मनपर्छ।

नेता
बाबुराम भट्टराई मन पर्छ । उहाँका योजनाहरु निकै राम्रा लाग्छन् । गोरखाको पनि नेता तथा पूर्व प्रधानमन्त्री हुनुहुन्छ । उहाँले ल्याएका विकासका योजनाहरु राम्रा लाग्छ।

ठाउँ
पोखरा मलाई पन पर्छ । यो नेपालको सुन्दर ठाउँ अनि बस्नका लागि हावापानीसबै राम्रो भएर मलाई निकै आनन्द लाग्छ । त्यहाँ घुम्नका लागि हरेक मान्छे पुग्नै पर्ने ठाउँ जस्तो लाग्छ।

गीत
प्रमोद खरेलले गाउनु भएको ‘ओए झुम्मा झुम्का वाली’ बोलको गीत एकदमै मन पर्छ । यो गीत प्रायः मलाई सुनिरहन मन लाग्छ।

गायक
पछिल्लो समयमा चर्चामा रहनु भएका प्रमोद खरेल नै प्रिय लाग्छ।

गायिका
अञ्जु पन्त नै हो मेरो बेष्ट गायिका । उहाँले गाएका सबै गीत मन पर्छ । मान्छे पनि राम्री हुनुहुन्छ । त्यसैले मन पर्छ।

साहित्यकार
लक्ष्मीप्रसाद देवकोटा । उहाँका प्रायः किताबहरु मैले पढेकी छु।

सवारी साधन
सवारी साधनमा मलाई पजेरो कार मन पर्छ । कतै जाँदा  आरामदायिका लागि यो कार ठिक लाग्छ।

कलर
पहेँलो कलर मलाई मन पर्ने कलर हो।

पक्षी
पक्षीहरुमा डाँफे मन पर्छ । हेर्दै सुन्दर लाग्छ।

जनावर
खरायो मन पर्छ।

चाडपर्व
दसैं मन पर्छ । किनकि घर परिवार सबैको भेटघाट हुन्छ । आफ्ना आफन्त साथीभाइ भेट हुने भएकाले दसैं मलाई धेरै मन पर्ने चाड हो । दसै कहिले आउँछ । आएपछि नजाओस् जस्तो हुन्छ।

खाना
म नेवार भएर होला नेवारी खाना मनपर्छ । अरू मनै नपर्ने होइन । विशेष गरेर नेवारी नै हो मलाई प्रिय लाग्ने ।

हास्यकलाकार
मेरी बास्सैका कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ मन पर्छ ।                       प्रस्तुति: भोला अधिकारी

प्रकाशित: १७ जेष्ठ २०७५ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App