१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

तेह्रथुम – तेह्रथुमका लागि आगामी आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ। 

सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ। 

आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो। यस्तै, सरकारले म्याङलुङ नगरपालिकाका लागि २३ करोड ३६ लाख, लालीगुराँस नगरपालिकामा २१ करोड २७ लाख, छथर गाउँपालिकामा २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा २० करोड ३५ लाख बजेट विनियोजन गरेको छ। 

सरकारले छुट्याएको बजेटमा प्रदेश नं १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्लामा तेह्रथुम परेकोे छ। 

सबैभन्दा बढी बजेट भने मोरङ जिल्लाका लागि छुट्याइएको छ। प्रदेश नं १ का जिल्लामध्ये ताप्लेजुङका लागि १ अर्ब ९६ करोड ५७ लाख, पाँचथरमा १ अर्ब ९० करोड २८ लाख, इलाममा २ अर्ब ४८ करोड ९३ लाख, झापामा ४ अर्ब ८० करोड २४ लाख र संखुवासभाका लागि २ अर्ब १७ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ। 

यस्तै, धनकुटाका लागि १ अर्ब ६४ करोड ६३ लाख, भोजपुरमा १ अर्ब ९१ करोड ३३ लाख, सुनसरीमा ३ अर्ब ९५ करोड ९२ लाख र मोरङमा ५ अर्ब ३० करोड ८२ लाख विनियोजन गरेको छ। 

प्रदेश नं १ कै सोलुखुम्बुमा १ अर्ब ६१ करोड ९८ लाख, खोटाङमा २ अर्ब २७ करोड २९ लाख, उदयपुरमा २ अर्ब ४३ करोड ३ लाख र ओखलढुंगामा १ अर्ब ७२ करोड २५ लाख विनियोजन भएको छ।  (रासस)

प्रकाशित: १७ जेष्ठ २०७५ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App