बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा

बुधबार, १६ जेठ २०७५, १३ : ४४ नागरिक

काठमाडौँ – बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ। 

समाजले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताए। 

“हारको जिम्मेवारी काँग्रेस केन्द्रीय समितिले लिए पनि हारको कारण कार्यकर्तालाई भनिएको छैन, कार्यकर्ता के कारण हार भयो भन्ने जान्न चाहन्छन्, काँग्रेस प्रभावकारी प्रतिपक्ष पनि बन्न नसकेका सम्बन्धमा भेलामा छलफल हुनेछ”–उनले भने। 

काँग्रेसका विरुद्ध सबै दल एकजुट भएकाले गणतन्त्र र धर्मरिपेक्षताका लागि पार्टीलाई प्रयोग मात्र गरिएको त होइन भन्ने आशंका भएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ। 

काँग्रेससँगै प्रजातन्त्र र राष्ट्रियता समाप्त गर्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सजग हुन समाजले आह्वान गरेको छ। 

भेलामा ३ नं प्रदेशका १३ जिल्लाका समाजका सदस्यको सहभागिता रहने प्रदेश संयोजक खेमराज सेढाईंले बताए। त्यस अवसरमा काँग्रेसले बिर्सन थालेको बिपी विचारका बारेमा समेत बहस हुने जनाइएको छ। 





 


यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...