१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्राथमिकतामा परेन खेलकुद

काठमाडौं – नेपाल सरकारको उपेक्षामा पर्ने गरेको खेलकुद क्षेत्रले मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा पनि प्राथमिकता पाउन सकेन।

अर्थमन्त्री खतिवडाले सातै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्ने भने पनि रकम विनियोजनमा भने कन्जुस्याइँ गरेका छन्। अर्थमन्त्री खतिवडाले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा पूर्वाधार निर्माण तथा तीन प्रतियोगिता सम्पन्न गर्न २ अर्ब ४ करोड रकम विनियोजन गरेका छन्।

‘स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला, खेल मैदान, युवा क्लब तथा विचरण पार्क क्रमिक रूपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरेको छु । सबै प्रदेशहरूमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरेको छु।,

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरिएको बजेटमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा खेलकुदमार्फत नेपालको पहिचान स्थापना गर्न १८औं एसियाली खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तयारी एवं पूर्वाधार निर्माण र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न २ अर्ब ४ करोड विनियोजन गरेको छु।’

अर्थमन्त्री खतिवडाले युवा तथा खेलकुद मन्त्रलयका लागि चालुतर्फ १ अर्ब ९४ करोड ९८ लाख रकम छुट्ट्याएका छन् भने पुँजीगततर्फ २ अर्ब २३ करोड ९६ लाख रकम विनियोजन गरेका छन् । गतवर्ष अर्थमन्त्री कृष्णबहादुर महराले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ रकम विनियोजन गरेका थिए।

प्रकाशित: १६ जेष्ठ २०७५ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App