१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुरक्षण मुद्रण कम्पनी बनाउन ६५ करोड

काठमाडौं - सरकारले सुरक्षण मुद्रण कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । मुद्रण विभाग र सुरक्षण मुद्रण विकास समितिलाई सुरक्षण मुद्रण कम्पनीमा रुपान्तरण गर्न ६५ करोड रुपैयाँ छुट्याइएको छ।

मंगलबार अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७५-७६ को बजेटमार्फत उच्च सुरक्षायुक्त र गुणस्तरीय रुपमा छपाइ कार्य गर्ने व्यवस्थाका लागि उक्त कम्पनीको पूर्वाधार निर्माण गर्न ६५ करोड छुटयाइएको बताए ।

त्यस्तै नेपाली पत्रकारितामा गुणस्तरीय, व्यवसायिक र स्वच्छ अभ्यासलाई प्रोत्साहित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागमा अनुसन्धान र प्रयोगात्मक कक्षहरूसहितको आधुनिक भवन निर्माण गर्ने घोषणा गरिएको छ । पत्रकार दुर्घटना बिमा र पत्रकार वृत्तिकोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्न अनुदानको व्यवस्था गरिएको छ।

ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम उपयोग गरी सबै स्थानीय तहसम्म अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्रताका साथ अघि बढाइने घोषणा गरिएको छ । हुलाक सेवालाई प्रतिस्पर्धी, व्यावसायिक र विश्वसनीय बनाउन आवश्यक सुधार कार्य अघि बढाउने अर्थमन्त्रीले बताए ।

सबै प्रकारका सूचनाका माध्यममा नेपालीको पहुँच पु¥याउन आमसञ्चार माध्यमलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यवसायिक र प्रतिस्पर्धी बनाउने सरकारको नीति छ । नेपाल टेलिभिजन र रेडियो नेपालाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्थाको रुपमा सञ्चालन गर्ने घोषणा गरिएको छ ।
 

प्रकाशित: १६ जेष्ठ २०७५ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App