ढुंगेलको चालचलन ठिक छ वा छैन भन्न प्रधानमन्त्री राजा होइनः गगन थापा

मङ्गलबार, १५ जेठ २०७५, २१ : १९ नागरिक

काठमाडौं– प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ। 

संघीय संसद्को मंगलबारको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद् गगन थापालाई बोल्न समय दिएका थिए। सांसद् थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भई थुनामा परेका हुनाले सो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गरे। 

‘सत्य निरुपणका बारेमा चालचलन ठिक छ भनेर सरकारले आफूलाई लागेको ढंगबाट निर्णय गर्न पाउँदैन्। यो गणतन्त्र हो, हिजो राजा होइबक्सन्थ्यो, राजालाई मन लागेको बेलामा तेरो चाल चलन ठिक, मेरो चालचलन गलत भन्न पाइन्थ्यो। यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न। उहाँलाई लाग्यो भन्दैमा कसैको चालचलन ठिक कसैको चालचलन बेठिक हुँदैन, यो त कानूनले व्याख्या गर्छ।’ 

थापाले सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिए झै अधिकार वर्तमान प्रधानमन्त्रीलाई नभएको र यस्तो निर्णय फिर्ता लिनुपर्ने बताए। ‘सत्य निरुपणका बारेमा चालचलन ठिक छ भनेर सरकारले आफूलाई लागेको ढंगबाट निर्णय गर्न पाउँदैन्। यो गणतन्त्र हो, हिजो राजा होइबक्सन्थ्यो, राजालाई मन लागेको बेलामा तेरो चाल चलन ठिक, मेरो चालचलन गलत भन्न पाइन्थ्यो। यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न। उहाँलाई लाग्यो भन्दैमा कसैको चालचलन ठिक कसैको चालचलन बेठिक हुँदैन, यो त कानूनले व्याख्या गर्छ।’ 

तत्कालीन नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद् ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी  मंगलबारै डिल्लीबजार कारागरबाट रिहा भएका थिए।

गगन थापाको सम्बोधन 

द्वन्द्वका घटनाको फैसला सत्य निरुपण आयोगले गर्ने भएपनि बालकृष्ण ढुंगेलको विषयमा सम्मानित अदालतले प्रष्ट भनिसकेको छ। जसरी अन्य मुद्दाहरुको सम्बन्धमा सरकारले धारण बनाउनुपर्छ। यो विषयमा पनि कुनै छुट विशेष अधिकार सरकारलाई हुँदैन।
जहाँसम्म चालचलन ठिक भएको भनेर सरकारले कैद मिनाहा गरेको छ, यसबारे सर्वाेच्च अदालत पटक पटक बोलेका छ। 

प्रहरी निरीक्षक र पूर्वपप्रधानमन्त्री पुष्पकमल दाहाललाई काटेको पत्रमा अदालतले स्पष्ट भनेको छ– स्वतन्त्र न्यायपालिकाको अस्मिता एवं विधिको शासनको रक्षाका लागि र पीडित तथा समाजको समेत खतरा बनी फरार रहेका प्रतिवादी बालकृष्ण ढुंगेललाई तुरुन्त पक्राउ आवश्यक देखिदा निजलाई पक्राउ गर्नका लागि वारेन्ट जारी गरिएको छ।

वारेन्ट जारी भएपछि बालकृष्ण ढुंगेलले भन्नुभएको छ– म यो वारेन्ट मान्दिन। यो वारेन्टलाई म खारेज गरिदिन्छु। मेरो गिरफ्तारीको आदेश म खारेज गरिदिन्छु। जसले फैसला गरेको छ, फैसला गर्नेको नाममा म आफै वारेन्ट गर्छु। फिला नचिरिकन जेल जान्न। यो मैले भनेको होइन निज ढुंगेलले भनेको हो। यसको भिडियो रेकर्ड सम्मानित अदालतमा रेकर्ड छ। यसकै आधारमा अदालतले निर्णय गरेको हो।

सत्य निरुपणका बारेमा चालचलन ठिक छ भनेर सरकारले आफूलाई लागेको ढंगबाट निर्णय गर्न पाउँदैन्। यो गणतन्त्र हो, हिजो राजा होइबक्सन्थ्यो, राजालाई मन लागेको बेलामा तेरो चाल चलन ठिक, मेरो चालचलन गलत भन्न पाइन्थ्यो। यो गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न। उहाँलाई लाग्यो भन्दैमा कसैको चालचलन ठिक कसैको चालचलन बेठिक हुँदैन, यो त कानूनले व्याख्या गर्छ। म ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन यो सदनबाट सरकारको ध्यानाकर्षण गराउँदछु।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad