१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डडेल्धुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु

डडेल्धुरा – के आई सिंह राजमार्गमा पर्ने डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा पर्ने गजरौलामा से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्।

शैलेश्वरी यातायातको दिपायलबाट धनगढीतर्फ जाँदै गरेको बलेरो पिकअप जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी अन्य ४ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ। जीप सडक बाट करिब दुई सय मिटर तल खोलामा खसेको बताइएको छ। दुर्घटनामा परी मृत्यु हुने आर्दश गाउँपालिका डोटीका वडा नं. २ का अध्यक्ष प्रेम बोहरा र सोही स्थानका गाडी मालिक बिनोद रावलको  सनाखत भएको छ।

जीपमा १३ जना सवार रहेको ट्राफिक प्रहरी कार्यालय सकायलका इन्चार्ज राम रैसालले बताए। घाइतेहरुलाई उपचारका लागी उप- क्षेत्रीय अस्पताल डडेल्धुरा ल्याइदै छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: १५ जेष्ठ २०७५ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App