१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दीपेन्द्रसिंहको चार विकेट

काठमाडौं – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ४ विकेटप्रेरित नेपाल पुलिसले सोमबार प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ७ माथि १ सय ७४ रनको सानदार जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले प्रस्तुत गरेको ३ सय २५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ७ ले वर्षाले खेल बाधक बनेपछि जितका लागि ३७ ओभरमा ३ सय ५ रनको नयाँ लक्ष्य पाएको थियो । तर प्रदेश नम्बर ७ ले निर्धारित ३७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन मात्र जोड्न सक्यो।

प्रदेश नम्बर ७ का अरुण ऐरीले अविजित ७० रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गन सकेनन् । ८८ बल खेलेका अरुणले ५ चौका र ३ छक्का प्रहार गरे।

प्रदेश नम्बर ७ का अरुण ऐरीले अविजित ७० रन स जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गन सकेनन्।

ललित भण्डारीले पहिलो ओभरको पाँचौं बलमा ओपनर रोहित सिंहलाई एलबिडब्लुको सिकार बनाएपछि प्रदेश नम्बर ७ सुरुआतबाटै दबाबमा परेको थियो । पाँचाैं ओभरको दोस्रो बलमा भण्डारीले सन्जु दमाईं र नवाैं ओभरको अन्तिम बलमा दीपेन्द्रले रोशन नेपालीलाई पवेलियनको बाटो देखाएपछि प्रदेश नम्बर ७ थप दबाबमा परेको थियो।

सन्जु र रोशन दुवै जना विकेटकिपर दिलीप नाथबाट क्याच भएका थिए । त्यसपछि ब्याटिङका लागि आएका अरुणले टोलीको इनिङ उकास्ने प्रयास गरे पनि उनलाई अन्य खेलाडीले दरिलो साथ नदिँदा प्रदेश नम्बर ७ को प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने लक्ष्यले पूर्णता पाउन सकेन । यसअघि आइतबार भएको पहिलो खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ६ लाई ४८ रनले पराजित गरेको थियो।

पुलिसका दीपेन्द्रले ८ ओभरमा १९ रन खर्चंदै ४ तथा ललितले ७ ओेभरमा २९ रन खर्चंदै २ विकेट लिए । त्यस्तै ललित राजवंशीले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २४ रनको सम्मानजनक योगफल खडा गरेको थियो । पुलिसका ओपनर सुनील धमलाले सर्वाधिक ८३ र आरिफ शेखले ५९ रनको योगदान गरे । १ सय १३ बलको सामना गरेका सुनीलले ९ चौका तथा ३७ बल खेलेका आरिफले २ चौका र ५ छक्का प्रहार गरे । सुनील र आरिफले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटका लागि दिलीप नाथसँग ९२ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका सुनीलले दोस्रो विकेटका लागि दीपेन्द्रसँग ४८ रनको साझेदारी गरेका थिए।

४०औं ओभरमा सुनीललाई रोशनले रनआउट गरेपछि ब्याटिङका लागि आएका मन्जित श्रेष्ठ र आरिफले पाँचाैं विकेटका लागि ५८ रनको साझेदारी गर्दै पुलिसको इनिङ विशाल योगफलतर्फ डोर्याएका थिए । मन्जित र सिद्धान्त लोहनीले छैटाैं विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । ३३ बल खेलेका मन्जितले ३ चौका र ४ छक्काको मद्दतमा अविजित ४४ रनको योगदान गरे । प्रदेश नम्बर ७ का शेर मल्लले २ तथा सन्तोष भट्ट र सुरज चन्दले समान १ विकेट लिए।

सोमबारै मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई डर्कवर्थ लुइस पद्धतिमा ६८ रनले पराजित गर्याे । प्रदेश नम्बर १ ले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले वर्षाले खेल बाधक बनेपछि जितका लागि ३४ ओभरमा २ सय १४ रनको नयाँ लक्ष्य पाएको थियो । तर प्रदेश नम्बर २ ले ३० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन मात्र जोड्न सक्यो।

प्रदेश नम्बर २ का ओपनर हरिशंकर शाहले सर्वाधिक ४४ र राहुलप्रताप सिंहले २२ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ६६ बल खेलेका हरिशंकरले ६ चौका प्रहार गर्दा २९ बलको सामना गरेका राहुलले १ चौका प्रहार गरे।

प्रदेश नम्बर १ का मनीष थापा र पुष्प थापाले समान ३ तथा मनोज तामाङले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २३ रनको योगफल खडा गरेको थियो।

प्रदेश नम्बर १ का सन्दीप ढुङ्गानाले ५१ तथा फिर्दोश अन्सारीले अविजित ३७ र श्रवण यादवले अविजित ३४ रनको योगदान गरे । फिर्दोश र श्रवणले आठाैं विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्दै टोलीको इनिङ सम्मानजनक योगफलसम्म डोर्याएका थिए । प्रदेश नम्बर २ का समसाद शेखले ४ र मेहबुब आलमले २ विकेट लिए।

प्रकाशित: १५ जेष्ठ २०७५ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App