१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ज्ञानेन्द्र इ–सेवाको सद्भावना दूत

काठमाडौं – इ–सेवाले नेपालीय क्रिकेट टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ललाई सद्भावना दूतमा नियुक्त गरेको छ।

सोमबार आयोजिक पत्रकार सम्मेलनमा एफ वान इन्टरनेसनलका अध्यक्ष विश्वास ढकाल र मल्लले एकवर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार इ–सेवाले ज्ञानेन्द्रलाई एक वर्षसम्म मासिक रूपमा पारिश्रमिक उपलब्ध गराउनेछ । तर सम्झौता रकमका बारेमा भने केही बताइएको छैन।

एफ वान इन्टरनेसनलका अध्यक्ष ढकालले आफूहरूको लक्ष्य क्रिकेट खेलको विकासमा सेवा पुर्याउने भएको भन्दै ज्ञानेन्द्रसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए।

त्यस्तै इ–सेवाका सिइओ रोशन लामिछानेले आफूहरूले लामो समयदेखि क्रिकेट खेललाई सहयोग गर्दै आएकाले ज्ञानेन्द्रसँगको सम्झौता त्यसकै निरन्तरता भएको बताए । ‘मलाई सद्भावनादूतमा नियुक्त गरेकोमा म इ–सेवालाई धन्यवाद दिन चाहन्छु,’ ज्ञानेन्द्रले भने, ‘खेलाडीलाई गरिने यस्तो सहयोगले हाम्रो मनोबलसमेत बढ्छ।’

गत वर्ष सम्पन्न धनगढी प्रिमियर लिगमा सर्वाधिक रन प्रहार गरेका ज्ञानेन्द्र हाल जारी प्रधानमन्त्री अन्तरप्रदेश कप क्रिकेट प्रतियोगितामा भने चोटका कारण सहभागी भएका छैनन्।

प्रकाशित: १५ जेष्ठ २०७५ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App