१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलोबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अन्तर्राष्ट्रिय अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले उक्त अस्पतालमा उपचार गराउँदा आफ्ना ग्राहकलाई सहुलियत दिलाउने उद्देश्यले सम्झौता गरेको जनाएको छ।  

सम्भौता पत्रमा बैंकको भारतस्थित सम्र्पक कार्यालयका प्रमुख ज्वाला शर्मा र अस्पतालका कार्यकारी निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।सम्झौता पश्चात अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट र क्रेडिट कार्ड लिएका ग्राहक र कर्मचारीले ५ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App