ढुंगेलसहित ८१६ को कैद माफी

सोमबार, १४ जेठ २०७५, २३ : १७ नागरिक

काठमाडौं- सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा भनिएको छ, ' आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’'

गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् । उनी भोली मंगलबार जेलमुक्त हुने छन्। 

यो विज्ञप्तिमा तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलको नाम नपरेपनि उनको नाम कैद माफी हुने सूचीमा रहेको स्रोतले बताएको छ ।  

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए । तर सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् । उनी भोली मंगलबार जेलमुक्त हुने छन्। 

उनको कैद सजाय माफी हुन लागेको समाचार सार्वजनिक भएपछि सर्वोच्चमा अर्को मुद्दा परेको छ । सर्वोच्चले आज सोमवार त्यससम्बन्धि फाइल झिकाउने आदेश दिएकै दिन राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको छ । 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad