आठ महिनामा सोह्र हजार उद्योग दर्ता

सोमबार, १४ जेठ २०७५, १३ : ५८ नागरिक

काठमाडौँ – चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। 

साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन्। 

दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नं ३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन्। प्रदेश नं १ मा एक हजार ९०४, प्रदेश नं २ मा तीन हजार १८७, प्रदेश नं ४ मा दुई हजार ३७१, प्रदेश नं ५ मा तीन हजार ७७४ तथा प्रदेश नं ७ मा एक हजार २८८ उद्योग दर्ता भएका छन्। 

हालसम्म नेपालमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमार्फत चार लाख पाँच हजार ७४ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। चालू आवको आठ महिनामा १५ हजार ३४५ फर्म तथा कम्पनी कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका छन्। पब्लिक लिमिटेडमा ३४, प्राइभेट लिमिटेडमा १४ हजार ९६६, मुनाफा वितरण नगर्ने ३०९ र विदेशी ३६ कम्पनी रहेका छन्। 

स्थानीय स्रोतसाधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्न सरकारले लघु उद्यम कार्यक्रमअन्तर्गत चालू आवकोे आठ महिनामा एक लाख ३२ हजार लघुउद्यमी सिर्जना गरेको छ। सिर्जना भएका लघुउद्यमीमध्ये ७४ प्रतिशत महिला रहेका छन्। उक्त कार्यक्रममार्फत गरीबीको रेखामुनि रहेका करीब एक लाख ७१ हजार नागरिकले रोजगार पाएका बताइएको छ। 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad