यौन प्रस्ताव अस्वीकार गर्दा साथी लगाएर प्रेमिकाको बलात्कार

बिहिबार, १६ भदौ २०७३, १९ : ५३ टेकेन्द्र बस्याल

0


कोहलपुर– प्रेमिकासँग लामो समयदेखि यौन प्रस्ताव राख्दा अस्वीकार गरेको निहूँमा एक युवाले रिस साट्न आफ्नो साथी लगाएर प्रेमिकाको बलात्कार गराएका छन्।

बाँके कम्दीका मनीराम कुमाईले दुई वर्षदेखि प्रेम गर्दै आएका कोहलपुरकी २० वर्षीया प्रेमिकाले यौन सम्बन्ध राख्न प्रस्ताव अस्वीर गरेको भन्दै साथी कुशल रानाबाट भदौ ७ गते राती जंगलमा जर्बजस्तीकरणी गराएको खुलेको हो। प्रेमिकाको बलात्कारपछि फरार दुवै अभियुक्तलाई कोहलपुर प्रहरीले पक्राउ गरेपछि यौन प्रस्ताव अस्वीकार गरेको बदलामा साथीबाट बलात्कार गराएको रहस्य खुलेको हो।

गत भदौ ७ गते मंगलबार राती १२ बजे साथीको जन्मदिन मनाएर फर्कंदै गर्दा कोहलपुर वनखेतस्थित जंगलमा ती युवती सामूहिक बलात्कारमा परेकी थिइन्। प्रेमिकालाई बलात्कार गराई फरार रहेका प्रेमी कुमाई र अभियुक्त राना चार दिनपछि भदौ १२ गते पक्राउ परेका थिए।

‘दुबै पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रेमिकाले यौन सम्पर्क प्रस्ताव स्वीकार नगर्दा साथीको सहयोगमा जर्बजस्ती बलात्कार गर्न लगाएको पाइयो,’ कोहलपुर डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। ‘युवती जन्मदिन मनाएर फर्कंदाबीच बाटो जंगलमा कुमाईले जबर्जस्ती सुमसुमाउने र संम्वेदनशील अंगमा हातपात गरेको युवतीले बयान दिएकी छिन्,’ उनले भने, ‘त्यो दिन पनि करकाप र बलजफ्ती गर्दासम्म यौन प्रस्ताव अस्वीकार गरेको निहूँमा बलात्कार गराइएको रहेछ।’

प्रेमिकाले विवाहपछि मात्र यौन प्रस्ताव स्वीकार गर्ने बताएपछि बदला लिन आफ्नै साथी लगाएर बीच जंगलमा बलात्कार भएको डिएसपी काफ्लेले बताए। बलात्कार गर्ने राना र प्रेमी कुमाईलाई पक्राउ गरी प्रहरीले जर्बजस्तीकरणी मुद्दा चलाई जिल्ला अदालतमा म्याद थपसमेत गरेको छ।

युवा पक्राउ परेपछि युवतीलाई ५ लाख रुपैँया दिएर मुद्दा मिलाउने प्रयाससमेत भएको बुझिएको छ। युवाहरु पक्राउपछि स्वम् युवती मुद्दा फिर्ता लिन आएकी थिइन्। युवतीलाई समेत उल्टै कारवाही गर्ने बताएपछि प्रहरीले युवालाई मुद्दा चलाई अनुसन्धान अगाडी बढाएको छ।







यसमा तपाईको मत


अन्य समाचार

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...