१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीको ‘एक घर एक स्टिकर’ अभियान सुरु

सूचनामुलक स्टिकर टाँस्दै जिल्ला न्यायधिस किशोर घिमिरे। तस्बिर : दमन राई/नागरिक

खोटाङ – नागरिक सूचना र सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले ‘एक घर एक स्टिकर’ टाँस अभियान सुरु गरेको छ। प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनकालागि प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यलयले सोमबारदेखि घर–घरमा सुचना टाँस्ने अभियान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट निस्किएको -याली दिक्तेलको हाटडाँडामा पुगेपछि जिल्ला न्यायधिस किशोर घिमिरेले हाटडाँडाको एक घरमा सूचनामुलक स्टिकर टाँसेर अभियान उदघाटन गरेका हुन्। शान्तिपूर्ण र अपराधबिहिन समाज निर्माणकालागि जिल्लाका ४६ हजार ७०० घरमा सन्देशमुलक स्टिकर टाँसिने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोदर्शन थापाले बताए। प्रदेश प्रहरी कार्यालय, संघीय इकाई कार्यालय राजबिराज र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर र टोल फ्रि नम्बर उल्लेख भएको स्टिकरमा गाउँघरमा हुने जुनसुकै घट्ना, दुर्घट्ना भए वा सुरक्षा आवश्यक भए प्रहरीलाई फोन गर्नका लागि आह्वान गरिएको छ।

सर्वसाधारणको गुनासो सुन्न र सुझाव संकलन गर्दै प्रहरी सेवालाई जनभावना अनूकुल बनाउनकालागि दिक्तेल रुपाकोट मझुवागढीका १४ हजार ३२७, हलेसी तुवाचुङ नगरपालिकाका ४ हजार ३०६, ऐसेलुखर्क गाउँपालिकाका ३ हजार २२५, केपीलासगढी गाउँपालिकाका ३ हजार ९७८, साकेला गाउँपालिकाका २ हजार ७१७ घरमा सूचनामुलक स्टिकर टाँसिने प्रहरीले जनाएको छ। यस्तै, खोटेहाङ गाउँपालिकाका ५ हजार ७१३, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४ हजार ४५७, रावाबेँसी गाउँपालिकाका ३ हजार ६४, जन्तेढुंगा गाउँपालिकाका २ हजार ६५९ र बराहपोखरी गाउँपालिकाका २ हजार २५४ घरमा स्टिकर टाँसिने डिएसपी थापाले बताए। शान्तिपूर्ण समाज स्थापनार्थ मुख्यमन्त्री शेरधन राईले आग्रह गरेको भिडियो देखाएपछि स्टिकर टाँस्नका लागि -याली निकालिएको थियो।

प्रहरीले समाजमा शान्ति स्थापनार्थ हिंसा, दुर्घटना, अपराधिक क्रियाकलापका बिषयमा तत्काल खबर गर्न सर्वसाधारणलाई स्टिकरमार्फत आग्रह गरेको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App