१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा दैनिक २२ घण्टा लोडसेडिङ

जुम्ला खलंगा बजार । तस्बिर : नागरिक

जुम्ला– सरकारले देशैभर लोडसेडिङ मुक्त भइरहेको भनिरहेको बेला जुम्लामा भने दैनिक २२ घण्टा लोडसेडिङ हुने गरेको छ। प्रत्येक पाँच दिनको एक दिन मात्रै राति बत्ति आउने गरेको स्थानीय बताउँछन्। दैनिक दुई घण्टा मात्रै वत्ति आउँछ।

चन्दननाथ नगरपालिका क्षेत्रका ढाणथपला, भण्डारी गाउँ र सिमखाडामा धान रोप्नको लागि सिँचाई दिनुपर्ने भएपनि जेठ ७ गतेदेखि दैनिक २२ घण्टा लोडसेडिङको मार खेप्नु परेको हो। 

‘स्थानीयले जेठ ७ देखि २५ गते सम्म सिँचाईको लागि पानी मागेका छन्’, साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु बहादुर बुढ्थापाले भने, ‘जेठ २५ गतेपछि निरन्तर विद्युत सप्लाई गर्नेछौं।’ उनका अनुसार दैनिक दुई घण्टा र प्रत्येक एक दिनको फरक विद्युत उपलब्ध गराउन सकिने छ।   

‘पानीको मुहान कम हुँदै गएको छ, रोपाइले पोखरीमा पानी संकलन हुन पाउँदैन’, उनले भने, ‘नहरमा बग्ने पानीले एउटा मेसिन चलाउन सक्ने अवस्था छैन, त्यहि भएर लोडसेडिङ दिनानुदिन बढेको हो। एक एक सय वाटको मेसिनले २ हजार ८ सय ग्राहकलाई एकैचोटी विद्युत सेवा प्रदान गर्न सकिंदैन्। पोखरीको पानी विना मेसिन चल्दैन्।’ 

पोखरी र नहरको पानीले मात्रै मेसिन चलाउन सक्छ। पोखरीमा पानी संकलन गर्दा रोपाई नहुने र रोपाई नहुनाले स्थानीय किसानको दैनिकी चल्न नसक्ने भएकोले बाध्य भएर विजुली बन्द गराएका हौं, अध्यक्ष बुढ्थापाले दुखेसो पोखे। जेठ २५ गतेसम्म विद्युतलाई पानी निरन्तर छोड्न आग्रह गरेका छन’, खेतमा रोपाई सकिने विद्युतकै पहिलेकै अवस्थामा विद्युत सेवालाई फर्काउने छौं।’  

अहिले ६ वटा सिप्टमा वत्ति दिने गरिएको छ। नयाँ जेनेरेटर आइपुगेको भएपनि सञ्चालन गर्न नसकिएको विद्युतका कर्मचारी मदन महतले जानकारी दिए।  उनका अनुसार प्रत्येक महिनाको जेठ महिनामा जुम्लामा अत्याधिक लोडसेडिङ हुने गर्छ।  

उनले भने, ‘आकासे पानी परेको छैन, पानीको मुहान सुक्दै गएको छ, विद्युतको माग पुर्ति गर्न हम्मे परेको छ।  विद्युत लोडसेडिङ बढ्दा दैनिक क्रियाकलापमा समस्या आउने गरेको स्थानीय बताउँछन्। मोबाइल चार्जदेखि उद्योग कलकारखाना सञ्चालन गर्न नसकिने भएको छ। विद्युत सेवा नआउने भए संंगै स्थानीय फोटोकपी, प्रेस सञ्चालकहरुले सेवाग्राहीलाई महंगो सेवा प्रदान गर्दै आइराखेका छन्। मोबाइल चार्ज गर्न नसक्दा जिल्ला वाहिर रहेका आफन्त जनसंग कुराकानी गर्न सकेका छैनन्। स्थानीय एफएम स्टेशनहरु वन्द हुने अवस्थामा छन्। 

कर्णाली प्रदेश सरकारले डिजिटलमय प्रदेश बनाउने भन्दै आएकोमा दैनिक लोडसेडिङको मार खेप्नु परेकोमा स्थानीय दुःखी छन्। लोडसेडिङका कारण सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने दैनिक क्रियाकलाप प्रभावित हुने गरेका छन्। लोडसेडिङले बैकिङ कारोवारमा समेत समस्या ल्याएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७५ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App