१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारत र चीनका लागि राजदूत सिफारिस

काठमाडाैं-मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पाैडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

सिफारिसमा परेका पाैडेल नेपाल सरकारका पूर्व मुख्य सचिव हुन भने उपाध्याय अोली सरकारले फिर्ता बोलाएका तात्कालिन भारतीय राजदूत हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. मिनबहादुर श्रेष्ठलाइ योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।

नवनियुक्त योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले नागरिकन्युजसँग कुरा गर्दै १४अाैं योजनाको अवधारणा पत्र तयार भएको र त्यस अनुसारको कार्यक्रम बनाएर कार्यान्वयन गर्ने प्राथमिकतामा रहने बताए। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. श्रेष्ठले योजनाहरू राम्रा भएता पनि कार्यान्वयन पक्ष फितलो रहने गरेको टिप्पणी गर्दै त्यस्ता योजनाहरू बनाउँदा नै कार्यान्वयन हुनेगरि काम गर्ने बताए।

प्रकाशित: १६ भाद्र २०७३ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App